मुख्यमन्त्री डोरमणि पौडेलद्धारा बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा रहेको बागमती प्रदेश युवा परिषद्को कार्यालयको आज उद्घाटन गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यालयको उद्घाटन गर्नुभयो ।
प्रदेशमा युवा परिषद् गठन भएपछी घर भाडामा लिएर कार्यालय स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज कार्यालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले युवाहरुको काँधमा ठुलो जिम्मेवारी आएको वताउनुभयो । अबको आन्दोलन राजनीतिक मात्र नभएर आर्थिक आन्दोलनमा लाग्नुपर्ने वताउनुभयो ।
स्वदेशमानै काम गर्नका लागि युवाका निम्त धेरै काम भएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । अब विदेश जानु भन्दा पनि स्वदेशमानै रहेर काम गर्न युवाहरुलाई उहाँले सुझाब दिनुभयो । लाखौ लाख युवाहरुलाइ उत्पादनमा लगाउन सकेमा मात्र स्वावलम्बी बन्न सक्ने वताउनुभयो । अब युवाहरुलाई बैकल्पीक सक्तिको रुपमा विकास गर्नुपर्ने उहाँले वताउनुभयो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले युवा सक्ति मुलुकको गहना रहेको वताउनुभएको छ । बिदेशिएका युवालाई स्वदेशमानै कसरी फर्काउन सकिन्छ भनेर हेर्न जरुरी रहेको वताउनुभयो । बाझो जमिनहरु ख्ती योग्य वनाउनुपर्ने वताउनुभयो ।
प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, संविधानसभाका सदस्य अनन्त पौडेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलीया, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिब यज्ञ प्रसाद ढुंगेल, नेपाल बुद्धीचालसंघका अध्यक्ष एकालाल श्रेष्ठ, सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।
























