मकवानपुरमा थप ३९ जनामा कोरोना संक्रमण , १ सय ४ जनाले कोरोना जिते
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ सय ४ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा ९९ जनाको पिसिआर र ३३० जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः २८ जना र ११ जना गरि थप ३९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या १४ हजार १ सय ६१ पुगेको छ भने कोरोना जित्नेको संख्या १३ हजार ११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-५ की ८२ वर्षीया वृद्धा रहेकी छन् ।
उनको गएराति १० बजे हेटौंडा अस्पतालमा एर्मजेन्सी उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए । उनका अनुसार वृद्धामा साउन २२ गते कोरोना पुष्टि भएको र उपचारको लागि हिजो अस्पताल ल्याईएको थियो । यो संगै जिल्लामा हालसम्म १ सय ५३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल ९ सय ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ५ जना आफ्नै घरमा र ४८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
























