हेटौंडाको मालपोत र नापी कार्यलय एक हप्ता बन्द हुने
हेटौंडा । साउन ३१ गते आईतबारबाट एक हप्ताको लागि मालपोत कार्यालय, हेटौंडा र नापी कार्यालय,हेटौंडा बन्द गरिने भएको छ ।
मकवानपुरमा कोरोना संक्रमण बढ्नुको साथै जोखिम बढेको भन्दै मालपोत कार्यालय, हेटौंडा र नापी कार्यालय,हेटौंडा बन्द गरिने भएको हो ।
जिल्ला प्रशाासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आईतबारबाट एक हप्ताको उक्त कार्यलयहरु बन्द गर्न लागिएको बताए ।
‘जिल्लामा संक्रमण बढिरहेको छ । मालपोत कार्यलयमा बढी भिडभाड भएको संक्रमणको जोखिम उच्च रहेकोले एक हप्ताको लागि कार्यलय बन्द हुँदै छ’, ‘हामीले भिडभाड हुने सरकारी कार्यलयहरुको प्रमुखहरुलाई भिडभाड भएको खण्डमा प्रशासनलाई जानकारी दिएर कार्यलय बन्द गर्न सक्ने अधिकार दिएका छौ ‘उनले भनेः । हाल हेटौंडा स्थित मालपोत र नापी कार्यलय एक हप्ताको लागि बन्द हुँदै छ ।
पाण्डेका अनुसार थाहा स्थित मालपोत कार्यालय, शिखरकोट र नापी कार्यालय, शिखरकोट बन्द छैन् । उनले थाहा स्थित मालपात र नापी कार्यलयमा भिडभाड बढेको र संक्रमणको जोखिम भएको अवस्थामा कार्यलय प्रमुखहरुले केहिदिनको लागि कार्यलय बन्द गर्न सक्ने अधिकार रहेको बताए ।
यसैगरि प्रजिअ पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आलोपालोमा सेवा प्रवाह गर्ने बताए ।
जिल्लामा संक्रमण बढेको र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यलयमा भिडभाडको साथै संक्रमण बढ्न नदिन नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्न लागिएको बताए । उनले प्रशासनले एक हप्ता नयाँ नागरिकता र अर्को हप्ता प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह गर्ने बताए ।
























