हेटौंडाको मालपोत र नापी कार्यालय आजबाट एक हप्ता बन्द रहने
हेटौंडा ।आईतबारबाट एक हप्ताको लागि मालपोत कार्यालय, हेटौंडा र नापी कार्यालय,हेटौंडा बन्द गरिने भएको छ ।
मकवानपुरमा कोरोना संक्रमण बढ्नुको साथै जोखिम बढेको भन्दै मालपोत कार्यालय, हेटौंडा र नापी कार्यालय,हेटौंडा बन्द गरिने भएको हो ।
जिल्ला प्रशाासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आईतबारबाट एक हप्ताको उक्त कार्यलयहरु बन्द गर्न लागिएको बताए ।
यसैगरि जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि आइतबारदेखि आलोपालोमा सेवा प्रवाह गर्ने भएको छ ।
जिल्लामा कोरोनाको संक्रमण बढेको र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यलयमा भिडभाडको साथै संक्रमण बढ्न नदिन नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह आलोपालो प्रणालीमा गर्न लागिएको (प्रजिअ) भरतमणि पाण्डेले बताए । उनले प्रशासनले एक हप्ता नयाँ नागरिकता र अर्को हप्ता प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह गर्ने बताए ।
























