भीमफेदी गाउँपालिका आफ्नै नयाँ भवनमा सर्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका आफ्नै नयाँ निर्मित प्रशासकीय भवनमा सरेको छ ।

सोमवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमका बीच पालिकाको नयाँ बनेको प्रशासकीय भवनको रिवन काटेर उद्घाटन गरेका हुन् । स्थानीय तह घोषणासंगै घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएकोमा पालिका आफ्नै भवनमा सर्ने भएको हो । हलसमेत गरेर ४२ कोठे भवनको ठेक्का ७ करोडमा आव्हान भएकोमा ४ करोड १२ लाख रुपैयाँमा ठेक्का कवुल भएर निर्माण सम्पन्न भएको हो ।

स्थानीय तह घोषणा भएको पाँच वर्षपछि पालिकाले आफ्नै कार्यालय निर्माण सकेर सरेको हो । २०७६ साल साउन १४ गतेबाट निर्माण सुरु भएको भवन सम्पन्न भई उद्घाटन भएको हो । उद्घाटन सम्पन्न तत्कालै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । उक्त भवन आर.एण्ड .सि. जेभी काठमाण्डौका कम्पनीले निर्माण सम्पन्न गरेको हो । यसअघि भाडाको घरको एउटै कोठामा दुई भन्दा बढि शाखा राखेर सेवा प्रवाह गरिरहेको पालिकाले अब सहज रुपमा सेवा प्रवाह गर्ने जनाइएको छ ।

उक्त भवनको निर्माणका लागि जिससले ८ कट्ठा ८ रोपनि जग्गा उपलब्ध गराएको हो । साढे तिन तलाको भवन १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको छ । भवन निर्माणमा संघिय सरकारको एक करोड ४० लाख, जिससले दुई करोड रकम प्रदान गरेको छ भने बाँकी रहेको ७२ लाख ८२ हजार गाउँपालिकाले रकम हालेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुवरले बताए ।

कार्यक्रमका सभाध्यक्ष रहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भिमफेदीलाई विकासमा अव्वल बनाउने बताए । उनले गाउँपालिकामा आएका योजनामा आफुले भष्ट्रचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका छन् । भिमफेदीको विकट गाँउलाई पालिकासम्म जोडने र विकास निर्माणलाई तिब्रता दिने उनले बताए । उनले प्रदेश सरकारलाई पालिकामा ६२ वटा योजना पारिदिएकोमा धन्यवाद समेत व्यक्त गरेका हुन् । भिमफेदी गाउँपालिकालाई कसरी आर्थिक,सामाजिक र प्रशासनिक सुदृणताका हिसावले अगाडी ल्याउनेमा दृण रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदीको इतिहास, पुरात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताएका हुन् । प्रदेश सरकारले पालिकामा ६२ वटा योजना पारिदिएको समेत उनले बताएका हुन् । भीमफेदी मरेको सहरका रुपमा धेरै समयसम्म रहेकोले अव यहाँ विकासका मुहान फुट्ने उनले बताए । उनले सक्षम नेतृत्वलाई जिताएकै कारण भीमफेदीमा विकास भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*