मकवानपुरमा आज ४९ जनामा कोरोना पुष्टि हुँदा १ सय १६ जनाले कोरोना जिते
हेटौंडा । मकवानपुरमा आज कोरोना भाइरस संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या दोब्बर बढी रहेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ४९ जनामा कोरोना पुष्टि हुँदा १ सय १६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
सोमबार १ सय २७ जनाको पिसिआर र १ सय २३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ३७ जना र १२ जनामा कोरोन पुष्टि भएको कार्यलयले जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म १४ हजार ३ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार ६ सय ८७ जनाले कोरोन जितेका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५५ जनाको मृत्यु भएको छ ।
जिल्लामा हाल ४ सय ३६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३ सय ९५ जना घरमा र ३६ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
























