नवोदय शिशु सदनमा विज्ञान विषय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

हेटौंडा –  नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको विज्ञान क्लवको आयोजनामा विज्ञान विषय अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

सोमबार भर्चुअल प्रविधिबाट तीनतहमा समूह विभाजन गरी प्रतियोगिता आयोजना गरिएको हो ।
जुनियर तह कक्षा ४ र ५ बीच भएको प्रतियोगितामा कक्षा ४ को क्लासिक श्रेष्ठ प्रथम, कक्षा ४ को कविर दास द्वितीय र कक्षा ५ को सुविज्ञा शर्मा तृतीय हुन सफल भएका छन् ।

यसैगरी इन्टरमिडेट तह कक्षा ६ र ७ बीच भएको प्रतियोगितामा कक्षा ७ को विमर्श श्रेष्ठ प्रथम, कक्षा ७ का अनुषा उप्रेती र पूजा अग्रवाल द्वितीय र कक्षा ६ को महान कोइराला तृतीय भए । सिनियर तह कक्षा ८ र ९ बीच भएको प्रतियोगितामा कक्षा ८ को प्रितिका कार्की प्रथम भएकी छिन् ।

२ सय ९६ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको सेमिफाइनल राउण्डमा २६ जना विद्यार्थी प्रवेश गरेका थिए । विभिन्न चरणको छनौट पार गर्दै सोमबार फाइनल राउण्डको प्रतियोगिता आयोजना गरिएको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दहालले जानकारी दिए । विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका विज्ञान विषयका शिक्षक रविराज हमाल, इशाक राई, अनुस्का श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । विद्यार्थीहरुलाई विज्ञान विषयसँग सम्बन्धित सामान्य ज्ञानको रुची जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विज्ञान विषयका सुपरिवेक्षक दहालको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*