नयाँ पार्टीका लागि आन्तरिक तयारीमा रहेका नेपालले जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्दै

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्ने भएका छन्।

एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लागेका हुन्।

एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणको तयारीमा छन्।

नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका नेपालले आज निकट नेता कार्यकर्ताहरुलाई त्यसबारे औपचारिक सम्बोधन गर्न लागेका हुन्।

माधव नेपालको आग्रहमा पार्टी विभाजनका लागि सजिलो हुने गरी अध्यादेश ल्याउन सरकार तयार छ।

अहिले राजनीतिक दल विभाजनका लागि पार्टी केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०र४० प्रतिशन हिस्सा चाहिने प्रावधान छ।

यो संख्या नपुगेर माधव समूह संकटमा परेका बेला खुकुलो प्रावधानसहित अध्यादेश ल्याउने तयारी भैरहेकोहो।

नेता नेपालले भन्नेबित्तिकै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीस्वरुप सरकारले स‌ंघीय संसदका दुवै सदनको अधिवेशन सोमबार रातिदेखि लागू हुने गरी अन्त्य गरिसकेको छ।

एमाले विभाजनका लागि अध्यादेश ल्याउने तयारी भएसँगै अध्यक्ष ओलीले सोमबार राति नै एकताका लागि वक्तव्य निकालेर आह्वान गरेका छन्।

उनले यस सम्बन्धमा छलफलका लागि आज स्थायी कमिटी र संसदीय दलको बैठक पनि बोलाएका छन्।

तर अब ओलीसँग मिल्न सकिने सम्भावना समाप्त भैसकेको माधव समूहका नेताहरुले बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*