कोरोनाको कारण हेटौंडामा थप एक जनाको मृत्यु

हेटौंडा । कोरोनाको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको हो ।

हेटौंडा अस्पताका सूचना अधिकारी राजिव झाका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ६५ वर्षीय पुरुष रहेका छन् । झाका अनुसार पुरुषमा साउन २७ गते कोरोना पुष्टि भएको र थप उपचारको लागि साउन २९ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार साँझ पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या यो संगै १ सय ५६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*