हेटौंडा उपमहानगरक्षेत्रका सडकमा गमला सहितको फूलका विरुवा रोपीयो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मनकामनाचोक देखि कान्तिराजपथ सम्म गमला सहितको विरुवा रोपीएको छ । उपमहानगरपालिकाको फूलका विरुवा रोप्ने अभियान अनुसार गमलामा हुर्किएका विरुवा रोपीएको मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडा उपमहानगरक्षेत्रका मुख्यसडकमा अहिले गमला सहित फूलका विरुवा रोप्ने अभियानमा यस क्षेत्रमा ठुलो गमलामा विरुवा रोपीएको हो । भर्खरै सडक पेटी सहित पीच गरिएको यस सडकको दायाँ बाँया हरियो गमलामा थरी थरीका विरुवा रोपीएको मेयर महतले वताउनुभयो । गमलासहितको विरुवा रोप्ने अभियानको मेयर महतले उद्घाटन् गर्नुभयो ।
यसै सडकमा सबैतिर विरुवा रोपीसक्न तीन दिन लाग्ने छ । आज मात्र ३५ वटा गमला सहितको बृक्षा रोपण गरिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने, वातावरण इन्जिनियर चन्दा खड्का लगायतकाको उपस्थिती रहेको थियो ।जनपत्रबाट साभार
























