आज पनि जारी रहने अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका नेपाली फर्कने क्रम आज पनि जारी रहने भएको छ ।

आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये थप केही आज स्वदेश फर्कने बताइएको छ ।

शुक्रबार साँझसम्म ४ सय ७० जना स्वदेश फर्किएका छन् । काबुल छाडिसकेका करिब एक हजार जना नेपालीमध्ये ५ सय ३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा छन् ।

आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।

शुक्रबार साँझसम्म ३ सय १० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त विवरण तथा परराष्ट्रकै ‘सिचुएसन रुम’मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरेर सूची तयार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*