पार्टीको लागि मुख्यमन्त्री पद त्यागे – डोरमणी पौडेल
हेटौंडा । बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न आफु सफल भएको बताएका छन् ।
शनिबार बिहान राष्ट्रिय युवा संघ नेपाल ७ नंबर वडा कमिटिको बृहत युवा भेलालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरकै केही प्रदेश सदस्यले राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत आफुले स्थायी राजधानी हेटौंडा राख्न सफल भएको बताएका हुन् ।
पौडेलले माधव नेपालले प्रधानमन्त्री र अध्यक्ष पदको लागि पार्टी फुटाउने काम गरेको बताए । पौडेलले भनेः पदको लागि माधव नेपालले पार्टी फुटाए,मैले पार्टीको लागि मुख्यमन्त्री पद त्यागे । अब फरक आफै छुट्याउनुहोस् पद ठूलो की पार्टी रु मान्छे चिन्नुपर्ने बेला आएको छ । पदको लागि पार्टी त्याग्ने की पार्टीको लागि पद त्याग्ने रु
पौडेलले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ यात्रा बाकेको बातउँदै प्रदेशमा आफ्नै पार्टीको नेतृत्व रहेको बताउँदै आउँदो दिनहरुमा पनि विकास निमार्णका कामहरु अघि बढ्ने बताए । खबर ब्रेकबाट साभार
























