हेटौंडा उपमहानगरपालिकाको बसपार्क क्षेत्रको अनुगमन
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बसपार्क क्षेत्रको अनुगमन गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको नेतृत्वमा बसपार्क क्षेत्रको अनुगमन गरिएको हो । बसपार्क क्षेत्रलाई सुरन्दर र सफा कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुगमन गरिएको हो ।
उपमहानगरपालिकाले बसपार्कमा भाडामा लगाएका सटरहरु मर्मत भन्दा पनि पुरै निर्माणका लागि डीपीआर गरेर ठुला भवन निर्माण गर्न सकिने मेयर महतले वताउनुभयो । बसपार्कमा उपमहानगरपालिकाको ठुलो जग्गा भएकाले यसको पुन निर्माण गरेर भाडामा लगाउन सकेमा स्थानीय सरकारको ठुलो आमदानीको श्रोत वन्न सक्ने मेयर महतको भनाई छ ।
अहिले भइरहेको बसपार्कका माछामासु पसल, अरु पसलका कवलहरु, तरकारी पसलहरुबाट थोरै राजस्व संकलन भएपनि ठुलो बहुउदेस्य भवन निर्माण गर्न सकेमा स्थानीय सरकारलाई ठुलो आमदानीको श्रोत हुने मेयर महतको भनाई छ । बसपार्कको अनुगमनमा उपमहानगरपालिकाका प्रशासन साखाका प्रमुख रामकृष्ण थापा, राजस्व साखाका प्रमुख श्याम श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।जनपत्रबाट साभार
























