मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण

हेटौंडा ।पछिल्लो २४ घण्टामा मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार ११७ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप २२ जनामा कोरोना पुष्टि भएको हो ।
पुष्टि हुनेमा २० जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् भने थाहा नगरपालिका र बागमती गाउँपालिका भित्रका एक एक जना रहेका छन् ।

यसैगरि आज शनिबार थप ४१ जनाले कोरोना जितेका छन् ।

हाल जिल्लामा २ सय २० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १८७ जना घरमा र ३३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*