काबुल विमानस्थल क्षेत्रमा नजान अमेरिकाको आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ। इस्लामिक स्टेट (आइएस) को अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै काबुल विमानस्थल क्षेत्रमा नजान भनिएको हो।

शनिबार अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको बताएको हो। अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको छ।

अमेरिकी सुरक्षा अधिकारीहरुले काबुल विमानस्थल पुग्ने वैकल्पिक मार्गको खोजी भइरहेको बताएका छन्।

आइएसको आक्रमणको जोखिम रहेको बारे थप विवरण भने अमेरिकाले दिएको छैन। आइएसले पनि सार्वजनिक रुपमा यसबारे टिप्पणी गरेको छैन।

तालिबानले काबुलमा नियन्त्रण कायम गरेपछि विगत एक हप्तादेखि अफगानिस्तानको अवस्था तनावपूर्ण छ। हजारौँ अफगानीहरु देश छोड्ने चाहमा विमानस्थलको आसपास गइरहेका छन्।

अमेरिकासहितका पश्चिमा देशले आफ्ना नागरिक तथा कूटनीतिक कर्मचारीलाई प्राथमिकता दिएर उद्धार अभियान जारी राखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*