म अझै एमाले मै छु – वामदेव गौतम

काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमा नै रहेको स्पष्ट पारेका छन्।

माधव नेपाल पक्षले दर्ता प्रस्ताव गरेको पार्टीमा लागेको भन्ने समाचारको खण्डन गर्दै उनको सचिवालयले उनी एमालेमा नै रहेको जनाएको छ।

गौतम लामो समयदेखि पार्टी नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आएको र नेकपा एकीकृत समाजवादी पार्टीमा गएको भन्ने समाचारमा सत्यता नभएको सचिवालयले जनाएको छ।

‘आजभोलि केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ । नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन। क। वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा ९एमाले०को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्यखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*