हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया -४ की ५६ वर्षीया संक्रमित महिला भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए । झाका अनुसार महिलामा साउन २८ गते कोरोना पुष्टि भएको र उपचारको लागि साउन ३२ गते हेटौंडा अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको हो ।

यो संगै बकैयामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने जिल्लामा मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।
मृतक महिलाले कोरोना विरुद्धको पहिलो डोज खोप पनि लगाएकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*