एमालेको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।

बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।

बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*