मकवानपुरमा थप  ४३ जनामा कोरोना संक्रमण

हेटौंडा । आज मकवानपुरमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुरका ल.अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा पिसिआर र ११६ जनामा गरिएको एन्टीजेन परीक्षणमा क्रमशः ३६ जना र ७ जना गरी थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् ।

यो संगै जिल्लामा हालसम्म १४ हजार ५५० जनामा कोरोना पुष्टि भएको छ भने १४ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५९ जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल १ सय २७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*