ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विशेष पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने जनाइएको छ।

बुधबार माधवकुमार नेपालको साथ छाडेका एमाले नेताहरु समेत सहभागी बैठकले पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको थियो।

आजै एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगले नेताहरुलाई सनाखतका लागि बोलाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*