सनाखतका लागि निर्वाचन आयोगतर्फ लागे माधव नेपालसहितका नेताहरु
काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग हिँडेका छन्।
अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि निर्वाचन आयोग जान थालेका हुन्।
निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ।
दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।
नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागी नगराउने निर्णय आयोगले गरेको हो।
गत सोमबारदेखि चन्द्रागिरिमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो।
























