मकवानपुरमा ७४ हजार भन्दा बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ७४ हजार ९ सय ३० जना पुगेको छ ।
जिल्लामा खोपको पहिलो डोज लगाउनेको संख्या भने एक लाख ९ हजार ६ सय १९ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछी धेरैले कोरोनाको खोप लगाएका छन् ।
अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका दश वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उहाँले वताउनुभयो ।

पहिले खोपको चरम अभाब भएपनि अहिले भने त्यसको समस्या छैन । जिल्लाका दश वटै स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउनेको सख्या दिनहुँ बढ्दै गएको छ । पहिलो खोप लगाएकाहरु मध्य कोभिशिल्ड खोप लगाउनेहरुलाई मात्र खोप आउन बाँकी रहेको र भेरोसेल खोप लगाउनेहरुलाई भने दोस्रो मात्र लगाउनुपर्ने समयमै लगाइ राखिएको उहाँले वताउनुभयो ।

मकवानपुर जिल्लामा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन नपाएका १७ हजार जानलाई एस्ट्राजेनेका खोप लगाइएको छ । पहिले बृद्धबृद्धालाई भनेर आएको खोप धेरैजसो युवा पुस्ताले लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*