माओवादीले कृष्णबहादुर महरालाई दियो प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी नेताहरुको जिम्मेवारी तोकेको छ । माओवादीको हालै सम्पन्न केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले नेताहरुलाई जिम्मेवारी तोक्दै केहीलाई हेरफेर पनि गरेको हो ।

जसअनुसार पार्टी प्रवक्तामा कृष्णबहादुर महरालाई ल्याउँदै प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पनि दिँदा यसअघि उक्त जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इञ्चार्जमा सीमित गरिएको छ ।

भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहालले मातहत कमिटीहरुमा गरेको परिपत्रअनुसार प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूको जिम्मेवारी पनि तोकिएको छ । जसमा स्कूल विभाग ईञ्चार्ज दाहाल आफैले लिँदा प्रमुखमा गिरिराजमणि पोखरेल तोकिनुभएको छ ।

प्रदेश ईञ्चार्जहरुमा, प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज तथा अध्यक्षमा सुरेन्द्रकुमार राई, प्रदेश नम्बर २ गणेश साह ईञ्चार्ज, बागमती प्रदेशमा हितमान शाक्य ईञ्चार्ज र अध्यक्षमा नारायण दाहाल हुनुहुन्छ ।

गण्डकी प्रदेशमा हितराज पाण्डे ईञ्चार्ज र अध्यक्षमा हरि अधिकारी, लुम्बिनीमा चक्रपाणी खनाल ईञ्चार्ज र ओनसरी घर्ती अध्यक्ष हुनुहुन्छ । कर्णालीमा शक्ति बस्नेत ईञ्चार्ज र राजकुमार शर्मा अध्यक्ष तथा सुदूरपश्चिममा खगराज भट्ट ईञ्चार्ज तोकिनुभएको छ ।

विशेष समिति ईञ्चार्जमा लीलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपाने, प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मा तोकेको । जिल्ला समन्वय समितिका ईञ्चार्ज तथा उपत्यका विशेष समितिहरु पनि बनाइएको छ ।

माओवादीले विभिन्न केन्द्रीय विभागहरु पनि बनाएको छ । जसअनुसार, अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा तोकिनुभएको छ ।

स्वास्थ्य विभागमा कल्पना धमला, शहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल, भौतिक पूर्वाधार विभागमा हरि अधिकारी, नीति अनुसन्धान प्रतिष्ठान प्रमुखमा रामचन्द्र झा र वन तथा वातावरण विभागमा शक्ति बस्नेत तोकिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*