घर-घरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनियो – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफ्ती अपहरण गरि रिसोर्टमा लगेर राखेको आरोप लगाउनुभएको छ ।

बुधबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाउनुभएको हो ।

‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको भन्दै अध्यक्ष ओलीले भन्नुभयो- ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो । यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो। ’

चन्द्रागिरिमा केको बैठक बसेको भन्दै अध्यक्ष ओली प्रश्न पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो रु’

फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएको उहाँको दाबी थियो । उहाँले भन्नुभयो, ‘मान्छेलाई घेराबन्दीमा पारियो। बाध्य पारियो। ललाई फकाइ मिठा गुलिया बचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाइयो’, सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै है। थुनिएकै हो। चाहे जे सुकैमा हो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*