मकवानपुरमा १ सय ४ किलो गाँजा सहित एक जना पक्राउ
हेटौंडा । लागु औषध सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर ३ दोबाटो स्थित सडकखण्डबाट १ सय ४ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङ रहेका छन् ।
घिसिङलाई मंगलबार डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नंबरको मिनि ट्रकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
ट्रकमा चेकजाँच गर्दा आलुको बोरा लोड रहेको बिच भागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा प्रहरीले गाँजा फेला परेको थियो । लागु औषध गाँजा, ट्रक र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
























