विभाजनपछिको एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा सुरु भएको छ।
पार्टी विभाजनपछिको पहिलो केन्द्रीय कमिटी बैठक भएकाले यसलाई महत्वका साथ हेरिएको छ।
एमालेबाट विद्रोह गरि वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन्। उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटि बैठकमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन हुनुका साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल भइरहेको छ।
























