मकवानपुरमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
हेटौंडा । पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८२ जनामा पिसिआर र ३४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३३ जना र २ जना गरी थप ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा हेटौंडा उपमहानपालिकाका सबैभन्दा बढी ३१ जना रहेका छन् । यसैगरि भीमफेदी गाउँपालिका भित्रका ३ जना र थाहा नगरपालिका भित्रका एक जना रहेका छन् ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ जना पुगेका छन् । जसमा १५७ जना आफ्नै घरमा र ३० जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा ८ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५९ जनाको मृत्यु भएको छ ।
























