ईन्द्रसरोबरको सल्लेमा पहिरो जादा फाखेल हुमाने सडकखण्ड अवरुद्ध
हेटौंडा । निरन्तर वर्षापछि मकवानपुरको ईन्द्रसरोबर सल्लेमा पहिरो जाँदा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको छ।
ईन्द्रसरोब-२ सल्लेमा पहिरो जाँदा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
विहिबार दिउँसो सडकको माथिबाट लेदो माटो सहितको पहिरोले सडक अवरुद्ध भएको र हाल पनि पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भईरहेको प्रवक्ता रिमालको भनाई छ ।
निरन्तर वर्षाको कारण हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल हुदैँ काठमाण्डौं जोड्ने वैकल्पिक मार्ग अवरुद्ध भएको हो।
























