मकवानपुरमा ट्रक दुर्घटना हुदा एकको मृत्यु ,दुई घाईते
हेटौंडा । शुक्रबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली लम्पटार १ बस्ने २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार घाईते हुनेहरुमा चालक मोरङ सुन्दरहरैचा ८ बस्ने ३१ वर्षीय राजन बास्कोटा र ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् ।
घाईते भएका बास्कोटाको चुरेहील अस्पतामा उपचार भईरहेको छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नंबरको आईचर ट्रक आफै अनियन्त्रित भई खोला मा खसेको थियो ।
























