देउराली नजिक पहिरो जाँदा भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाको कारण भीमफेदी-६ देउराली नजिक पहिरो जाँदा हेटौंडा-भीमफेदी-कुलेखानी(काठमाण्डौ जोड्ने छोटो दूरीको सडक भीमफेदी(कुलेखानी सडक अवरुद्ध भएको छ ।

गएराति भीमफेदी गाउँपािलका वडा नंबर ६ को देउराजी नजिक पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने तयारी भईरहेको छ ।

यसैगरि भैसे(भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडकको माथिबाट लेदो माटो खसेको छ । उक्त लेदो माटो हटाउने कार्य पनि भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।खबर ब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*