बागमतीमा एमालेबाट विजयी जनप्रतिनिधि (एकिकृत समाजवादी)मा नलाग्ने

हेटौँडा । पूर्वि मकवानपुरको बागमती गाउँपालिकामा एमालेबाट बिजयी सबै जनप्रतिनिधिले विभाजनपछि बनेको नेकपा (एकिकृत समाजवादी)मा नलाग्ने जनाएका छन् । उनीहरु सबैजना एमालेमै रहने भएका हुन् ।

बागमती गाउँपालिकामा एमालेबाट एकजना उपाध्यक्ष, दुईजना वडा अध्यक्ष सहित ११ जना जनप्रतिनिधिहरु रहेका छन् ।  उपाध्यक्ष धनमाया स्यांतानले आफु सहित सबै विजयी जनप्रतिनिधिहरु एमालेमै रहेको बताईन् ।बागमतीमा एमाले वडा नंबर ८ र ९ मा वडा अध्यक्ष सहित सबै सेटनै जितेको थियो भने वडा नंबर ७ मा दुई वडा सदस्य र वडा नंबर १० मा एकजना वडा सदस्यमा विजयी भएको थियो ।खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*