फेरी पनि अवरुद्ध भयो भीमफेदी-कुलेखानी सडक

हेटौंडा । निरन्तर वर्षाले भीमफेदी-६ देउराली नजिक फेरी पहिरो जाँदा हेटौंडा(भीमफेदी(कुलेखानी(काठमाण्डौ जोड्ने छोटो दूरीको सडक भीमफेदी-कुलेखानी सडक अवरुद्ध भएको छ ।

शुक्रबार भीमफेदी देउराजी नजिक पहिरो गएको थियो ।

सोहि ठाउँ शनिबार बिहान पनि पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार शुक्रबार राति गएको पहिरो हिजो दिउँसो पहिरो पन्छायर यातायात सूचारु भएको थियो ।

आज बिहान सोहि स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*