मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र दाहालबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो ।
भेटमा सरकारलाई छिट्टै पुर्णता दिनेबारे छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । उनीहरूबीच अब संयुक्त गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
























