अवरुद्ध भएको भीमफेदी-कुलेखानी सडक एकतर्फी सञ्चालनमा
हेटौंडा । निरन्तर वर्षाले भीमफेदी(६ देउराली नजिक पहिरो जाँदा अवरुद्ध भएको भीमफेदी-कुलेखानी सडक एकतर्फी सञ्चालनमा आएको छ।
शनिबार बिहान पहिरो जाँदा हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाण्डौ जोड्ने छोटो दूरीको सडक भीमफेदी(कुलेखानी सडक अवरुद्ध अवरुद्ध भएको थियो ।
शनिबार १० बजे पहिरो पन्छाएर एकतर्फी यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । लेदो माटो सहितको पहिरो गएकोले पहिरो हटाउन क्रममै रहेको र छिट्टै दुई तर्फिनै संचालनमा आउन प्रहरी जनाएको छ ।
























