आजपनि मन्त्रीपरिषद् बिस्तारबारे निर्णय हुन सकेन

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रीपरिषद् बिस्तारबारे छलफल हुँदै सरकारले गर्नु पर्ने काम तथा मन्त्रीपरिषद् बिस्तारबारे छलफल भएको छ । तर कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने बारे सहमति जुट्न नसक्दा निष्कर्ष भने निस्कन सकेन ।

सैद्धान्तिक रुपमा सबै नेताहरु सरकारले पूर्णता नपाउँदा समस्या भएको र आलोचनाहरु पनि भइरहेकोमा सहमत देखिएको तर तत्काल सरकार बिस्तार गर्न भने सहमति नबनेको जानकारी नेताहरुले दिएका छन् । सरकार गठन भएको लामो समय हुँदा पनि मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन ।

बैठकमा सत्ता गठबन्धनलाई औपचारिक स्वरुप दिएर सरकारका कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने विषयमा भने सहमति भएको छ ।

यस्तै बैठकमा सहभागी गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका कामलाई लिएर आलोचना आउन थालेको भन्दै ध्यानाकर्षण पनि गराएको नेकपा (एकीकृत समाजवादी) का नेता वेदुराम भुसालले जानकारी दिए ।

देशका विभिन्न स्थानमा देखिएका विपदका घटनामा उद्धार तथा राहतको प्रक्रियामा सरकारको उपस्थिति बढाउन तथा खोपको व्यवस्थापनलाई पनि सहज बनाउन नेताहरुले ध्यानाकर्षण गराएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरु उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसहित नेताहरु सहभागी थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*