आज पनि सत्ता गठबन्धनका दलहरुबीच छलफल जारी

काठमाडौं । सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न असफल भएका सत्तारुढ गठबन्धनको वैठक आज पनि बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेपछि शुरु भएको वैठकमा मन्त्रालय भागवण्डा मिलाउने प्रयास भईरहेको बुझिएको छ । आज भागवण्डा टुंगिए भोलिसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ ।

तर दलगत भागवण्डापछि पार्टीभित्रै भागवण्डा मिलाउनु पर्ने अर्को समस्या पनि रहेको छ । गठबन्धनमा सहभागी हरेक दलभित्र मन्त्री बन्न चाहनेहरुको संख्या निकै ठूलो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*