बागमती प्रदेशको सामाजिक विकास मन्त्री खनालद्धारा राजीनामा
काठमाडौँ – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उनी मन्त्री बनेका थिए ।
खनालले एमालेबाट विभाजित भइ बनेको माधवकुमार नेपला नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमाले परित्याग गरेका खनालले बुधबार मन्त्रीबाट राजीनामा दिएका हुन् ।
लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेकी अष्टलक्ष्मी शाक्य माधवकुमार नेपाल पक्षमा थिइन । तर अहिले उनी ओली तिरै गएर मुख्यमन्त्री बनेकी छन् ।
बागमती प्रदेशका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि उनी दुई हप्तामै अल्पमतमा परेकी छन् । सरकार अल्पमतमा परेकाले उनले प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने भएको छ ।
























