प्रचण्ड खनाललाई भेट्न पुगे डल्लु , स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ – नेकपा एमालेबाट हालै विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन् ।
भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरि स्वदेश फर्केको पर्सीपल्ट बुधबार माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो’ सापकोटाले जानकारी दिएका छन्, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’
























