एकिकृत समाजवादी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन
उपाध्यक्षमा लामा, सचिवमा दाहाल
हेटौँडा । श्रीधर पोखरेल नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकिकृत समाजवादी) को मकवानपुर जिल्लाको अध्यक्षमा चयन भएका छन् ।
नेकपा एसकी केन्द्रीय सदस्य मुुनु सिग्देलले आज भएको मकवानपुर जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि निर्माण भएको घोषणा गरिन् ।
यस्तै कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन भएका छन् ।
























