हेटौंडामा शैक्षिक संस्था संचालन गर्न अनुमति दिने तयारी
हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले विद्यालय संलाचन गर्न दिने अधिकार स्थानीय तहलाई दिए संगै हेटौंडा उपमहानगरपालिकाले आफ्नो उपमहानगरपालिका भित्रका शैक्षिक संस्थाहरु संचालन गर्न अनुमति दिने तयारी सुरु गरेको छ ।
बिहिबार प्रशासनको जिल्ला कोभिड संकट व्यवस्थापको बैठकले निषेधाज्ञाको समयमा पनि स्थानीय तहले आफ्नो क्षेत्र भित्र कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्डको पालना गराई विद्यालय संचालन गर्न सक्ने अनुमति दिएको हो ।
प्रशासले निषेधाज्ञामा विद्यालय संचालन गर्न दिने अनुमति स्थानीय तहलाई दिए संगै हेटौंडा उपमहानगरपालिकाले एक साताभित्र उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरुलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गराई संचालन गर्न दिने तयारी भएको हेटौंडाका शिक्षा विकास शाखाका गंगाधर रिमालले जनाकारी दिए । उनले भनेः प्रशासनले स्थानीय तहलाई विद्यालय संचालन गर्न अनुमति दिएपछि हामीले विद्यालयहरु संचालन गर्न अनुमति दिने तयारी गरेका छौ,अबको एक हप्ता भित्र उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरु संचालन हुन्छन् ।
उपमहानपालिका भित्र पछिल्लो समय कोरोना संक्रमण दर घटेको हुँदा स्वास्थ्य शाखाले पनि विद्यालय संचालन गर्दा संक्रमणको जोखिम नहुने जानकारी गराएको छ उनले भने,“आईतबार उपमहानगरपालिका भित्रका सबै विद्यालयका प्रधानध्यापकहरुलाई बोलाएका छौ,उहाँहरुलाई स्वास्थ्य शाखाले स्वास्थय सम्बन्धी अभिमुखीकरण गर्नेछ । त्यसपछि विद्यालयहरु संचालन हुनेछ । सायद तीजपछि विद्यालय खुल्नेछ ।”
संक्रमणको उच्च जोखिममा हेटौंडा
पछिल्लो केहि साता हेटौंडा उपमहानगरपालिका भित्र कोरोना संक्रमण दर केहि घटे पनि संक्रमणको जोखिम भने उच्चनै रहेको छ ।
मकवानपुरमा बिहिबार हिजो ३६ जनामा कोरोना पुष्टि हुँदा हेटौंडा उपमहानगरपालिका भित्रका २४ जना रहेका छन् । हेटौंडा भित्रका ९५ जनामा गरिएको परीक्षणमा २४ जनामा सक्रमण देखिएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ । अन्य स्थानीय तहको तुलनामा हेटौंडा उपमहानगरपालिकामा संक्रमणको जोखिम बढी रहेको छ ।
मकवानपुरमा आजको दिनमा ३ सय १७ जना सक्रिय संक्रमित रहँदा हेटौंडा उपमहानगरपालिका भित्र २ सय ३६ जना रहेका छन् । कोरोनको कारण जिल्लामा हालसम्म १ सय ६१ जनाको मृत्यु हुँदा १ सय १४ जना हेटौंडा भित्रका रहेका छन् ।
खबरब्रेकबाट
























