हेटौंडाको कर्रा खोलाले ट्रक बगाउदा दुई जना बेपत्ता
हेटौंडा । आज बिहान परेको भारी वर्षाले हेटौंडा-१७ चुनडाँडा स्थित कर्रा खोलाले एक ट्रक बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
आज शुक्रबार दिउँसो हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नंबरको ट्रक खोलाले बगाउँदा ट्रक चालक सहित दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
खोलाले बगाउँदा बेपत्ता हुनेमा ट्रक चालक रामेछाप घर भएका ४० वर्षीय बद्री सार्की र अर्का सवारीको चालक ट्रकमा सवारी गणेश थापा मगर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार हाल खोलाको बहाव घट्ने क्रममा रहेको र ट्रक बगाएर तल पुगेको छ साथै ट्रकको माथिल्लो भाग देखिएको छ ।
ट्रक भित्रका दुई जना भने बेपत्ता भएका छन् । हराएका दुईजनाको खोजी कार्य भईरेहको निरीक्षक दासले बताए ।
























