एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी िदए ।

अध्यक्ष ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् ।

अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*