मुलुकभर थप १२६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६जार ७५३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २४ जना र ३ हजार १२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५३ हजार २३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१९५ जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १९५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८७५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख ३७ हजार ८८५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*