कर्रा खोलाको बाढीले बेपत्ता भएका दुबैजनाको शव भेटियो

हेटौंडा । मकवानपुरको हेटौंडा-१७ चुनडाँडा स्थित कर्रा खोलामा आएको बाढीले शुक्रबार दिउँसो एक ट्रक बगाउँदा बेपत्ता भएका दुबैजनाको शव भेटिएको छ ।

शुक्रबर बिहान परेको भारी वर्षाले आएको बाढीले हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नंबरको ट्रक बगाउँदा ट्रक चालक सहित दुई जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका दुई जना मध्ये ट्रकमा सवार काठमाण्डौको चन्द्रगिरी नगरपालिको १५ तिन थान बस्ने ५४ वर्षीय गणेश थापा मगरको शव शनिबार दिउँसो भेटिएको र ट्रक चालक रामेछापको तामाकोशी लिखु गाउँपालिका वडा नंबर ४ घर भई हेटौंडा(६ मा डेरा गरी बस्ने ४० वर्षीय बद्री सार्कीको शव आज बिहान फेला परेका जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सार्कीको शव आज बिहान चुच्चेखोला स्थित खोलाको किनारमा भेटिएको प्रवक्ता रिमालले बतए । कुमालटारबाट दुध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*