मकवानपुर जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

हेटौंडा । मकवानपुर जिल्लामा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज अधिवेशन गर्न लागेको हो ।

बुधबार केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसहित पार्टी पदाधिकारी र पुर्व अध्यक्षको बैठकले आज वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । वडा अधिवेशनबाट गाउँपालिकामा पदाधिकारीसहित १५ जनाको र नगरपालिकामा २५ जनाको वडा समिति चयन गरिनेछ ।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरू जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिम लगायतको प्रतिनिधित्वसमेत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*