बेदुराम भुसालले पाए नेकपा (एस) को महासचिवको जिम्मेवारी

काठमाडौं । बेदुराम भुसालले नेकपा (एकीकृत समाजवादी)को महासचिवको जिम्मेवारी पाएका छन् । शुक्रबार पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशन– १ बमोजिम अन्तरिम अवधिका लागि भुसालले महासचिवको जिम्मेवारी पाएका हुन् ।

शुक्रबार महासचिव भुसालको नेतृत्वमा सचिवालय पनि गठन गरिएको छ। पार्टीको दैनिक क्रियाकलाप सम्पादन गर्नका लागि सचिवालय गठन गरिएको छ । अन्तरिम रुपमा महासचिव जिम्मेवारी दिइए पनि घोषित रुपमा भने जिम्मेवारी तोकिएको छैन।

जारी अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘पार्टीको दैनिक कार्य सम्पादन गर्नका निम्ति कमरेड डा बेदुराम भुसालको संयोजकत्वमा कमरेडहरु प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहनुभएको सचिवालय गठन गरिएको छ ।’

नव गठित पार्टीको राष्ट्रिय सम्मेलनले केन्द्रीय कमिटी पूर्ण नबनाएसम्मका लागि उनीहरुलाई जिम्मेवारी दिइएको अपानीमा उल्लेख छ ।

पार्टीको अन्तरिम विधानबोजिम सचिवालयको नेतृत्व महासचिवले सम्हालेको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*