बागमती प्रदेशमा ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।
मुख्यमन्त्री शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् ।
मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।
आजै शपथ ग्रहण गराउने तयारी रहेको छ ।
यसैबिच मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।
एमाले विभाजन भएपछि नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा १३ जना प्रदेशसभा सदस्यले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । सरकार बनाउन ५५ मत आवश्यक रहे पनि एमालेसँग हाल बागमतीमा ४३ मत मात्रै रहेको छ ।
बागमतीमा हाल दुई सदस्यीय मन्त्रीमण्डल छ । केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् ।
यसअघि सामाजिक विकासमन्त्री कृष्णप्रसाख खनालले राजीनामा दिएका थिए । उनले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरे संगै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
























