जसपा नेता भट्टराई र अमेरिकी राजदूत बेरीबिच भेट

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ ।

एमसिसीलाई समर्थन गरेका डा। भट्टराई र राजदूत बेरीबिच बुधबार एक होटलमा भेटवार्ता भएको हो ।

एमसिसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसिसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत नै भट्टराई र बेरीबिच भेटवार्ता भएको हो ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*