विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर कांग्रेस प्रवक्ता शर्माले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको हो ।

हाल केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै १४औं महाधिवेशन युवा आकर्षण हुने देखिएको छ ।

यसअघि, अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसक्नुभएको छ । १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार रहनुभएका थापाले यस पटक पनि सोही पदमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको हो ।

अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताइसक्नुभएको छ । भदौं १८ गतेबाट वडा अधिवेशन थालेको कांग्रेसमा अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन ।

सभापति बन्न नेताहरुको दौडधूप चलिरहेका बेला पार्टीभित्र अर्को आकर्षणको पद मानिएको महामन्त्रीमा एकपछि अर्को उम्मेदवारी घोषणा हुन थालेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*