बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत नियुक्त
हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा जगतवहादुर बस्नेतलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
त्यस्तै आयोगका सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका छन् ।
नवनियुक्त योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रबार पद तथा गापनीयताको सपथ गराएकी छन् ।
























